arrow

तमोर कोरिडोरका पुल निर्माणमा सुस्तता, नेता आङ्देम्बेले गरे स्थलगत निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
tanahu-coridor.jpg

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको भन्दै उनले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाए।

पूर्वी पहाडलाई तराईसँग जोड्ने 'लाइफलाइन' मानिने यस सडकका लखुवा, नावाखोला, रगुवा र छरुवालगायत खोलामा पुल निर्माणमा ढिलाइ हुँदा हरेक वर्ष वर्षा याममा सवारी आवागमन प्रभावित हुँदै आएको छ। बाढीका कारण सवारी साधन बग्ने र डुब्ने जस्ता जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेपछि नेता आङ्देम्बेले निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा उनले भने, “बजेटको लागि पहल गर्ने म छु, तर यहाँ काम छिटो सक्नुप¥यो ।” उनले पुल निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधिहरूलाई ढिलासुस्ती नगर्न सचेत गराउँदै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ