कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
284
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
बैठकमा पार्टीको आन्तरिक साङ्गठनिक एजेन्डाका साथै मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकका मुख्य एजेन्डाहरू तय गर्न बिहान ११ बजे सानेपामा प्रारम्भिक छलफल गरिनेछ ।