arrow

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

संसदीय दलको नेता चयनदेखि अनुशासनको डण्डासम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि आज निकै व्यस्त रहने देखिएको छ। पार्टीका अनुसार आज तीनवटा महत्त्वपूर्ण तहका बैठकहरू बस्दैछन्।

बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा  पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्नेछ ।  बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताको नाम प्रस्ताव गर्ने तयारी रहेको छ । सोही नाम अनुमोदन भए निर्वाचन समितिले प्रमाणपत्र दिने जनाइएको छ ।

यो बैठक लगत्तै संसदीय दलको बैठक पनि बस्ने तय भएको छ।  संसदीय दलको कार्यालयमा  बस्ने बैठक बस्नेछ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने कार्यसूची छ। यस बैठकमा चुनावका बेला पार्टीको मर्यादा र अनुशासन उल्लङ्घन गर्ने सदस्यहरूका बारेमा प्राप्त उजुरीहरूमाथि छलफल हुने र आवश्यक कारबाहीको निर्णय लिइने सम्भावना छ। न्यूज एजेन्सी नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ