arrow

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारसँग अस्थायी शिक्षकको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
teacher-13-01.jpg

काठमाडौँ। अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफूहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन्।

संघका केन्द्रीय तदर्थ समितिका सदस्य शंकर जिसीले पेशागत निरन्तरता सुनिश्चित हुने गरी सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको बताए।

उनका अनुसार उमेर पुगेर वा स्वेच्छिक रूपमा अवकाश लिन चाहने अस्थायी तथा राहत शिक्षकहरूलाई सम्मानजनक ‘गोल्डेन ह्याण्डसेक’ सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता छ।

“उमेर पुगेका वा स्वेच्छिक रूपमा बाहिरिन चाहने शिक्षकलाई सम्मानजनक सुविधा दिनुपर्छ,” उनले भने।

महासंघले सबै अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेटेर पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

साथै, शिक्षा सम्बन्धी ऐन तथा नियमावली संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ