arrow

सभापति थापा भन्छन् – सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
gagan-thapa-10-10.jpg
तस्बिर : फाइल

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताए । 
    
सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । 

उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ