फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
671
Shares
धनगढी। सरकारका प्रवक्ता, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् ।
मंगलबार बिहान धनगढीमा मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको धारणा राखे ।
“विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ”, मन्त्री पोखरेलले भने, “सरकारले निर्माणलाई महत्व दिएर अघि बढ्छ ।”