एकता शाहको निःशुल्क एमबीबीएसमा विवाद: शिक्षा मन्त्रालयको स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
822
Shares
काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनमा घाइते र अपाङ्गता भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराउने विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट विस २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषदको कार्यकालमा भएको निर्णयलाई लिएर केही सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै उक्त निर्णयबाट प्रचलित कानून बमोजिम अरुकसैले पाउने अवसरलाई संकुचन एवं बाधासमेत नपरेको स्पष्ट पारेकाे छ ।
साथै, जेन-जी आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अन्तर्गतको प्रावधान कार्यान्वयका पृष्ठभूमिमा चिकित्सा शिक्षा आयोगकको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा सरकारले यस्तो निर्णय लिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
जेन-जी आन्दोलनकी घाइते कार्ड नं १६५ की एकता शाहले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक वर्ष २०८२/८३ का लागि सञ्चालित एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षामा ५७.५ प्राप्तांकसहित उत्तीर्ण गरेको पनि मन्त्रालयले जनाएको छ ।
‘प्रचलित कानून एवं राष्टिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गत व्यवस्था गरिएको निःशुल्का छात्रवृत्ति कोटाबाहेक अतिरिक्त कोटाको रुपमा विशेष छात्रवृत्ति कोटामा मनोनयन गरी सरकारबाट बजेट व्यवस्था गरी विशेष कार्यक्रमका रुपमा एमबीबीएस अययन गर्ने व्यवस्था चिकित्सा शिक्षा अयोगले गर्ने गरी नेपाल सरकारबाट निर्णय भएकोले यसबाट प्रचलित कानून बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधासमेत नपरेको बेहोरा स्पष्ट गरिन्छ’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।