पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आए पनि आयल निगमले बढाएन मूल्य, हवाईमा बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
1.3k
Shares
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले वृद्धि गरिएको छ ।
साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।
परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ ।
अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ ।
यद्यपि इन्डियन आयल कर्पोरेशनले मार्च ३१ तारिख मंगलबार पेट्रोलमा ४१ रुपैयाँ ६० पैसा, डिजेलमा ९४ रुपैयाँ ९३ पैसा र एलपी ग्यासमा १९० रुपैयाँ ३६ पैसा बढेर आएको भए पनि हाललाई नबढाइएको जनाएको छ ।
निगमले निगमलाई यसरी सामायोजन गर्नुपर्दा १३ अर्ब २१ करोड घाटा हुने देखिएको जनाएको छ ।