arrow

पेट्रोलियम पदार्थको मूल्यले आकाश छुँदै

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल, डिजेल, ग्यास सबैमा भारी वृद्धि

निगमलाई पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड रुपैयाँ घाटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ ।   नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावलाई कारण देखाउँदै इन्धनको मूल्य पुनः वृद्धि गरेको छ। 

निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो। 

यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ कायम भएको छ। 

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर २५७ रुपैयाँ पुगेको छ। सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरिएको छ। 

यो मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा नै रहने निगमले जनाएको छ। लगातारको यो वृद्धिले सर्वसाधारणको दैनिक जीवनयापन र बजार महँगीमा थप असर पर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ