arrow

आजदेखि प्लाष्टिकजन्य सामग्री प्रयोगमा पूर्ण रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
urja-mantralaya.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनका लागि आज (मङ्गलबार) देखि मन्त्रालयभित्र प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर न्यूनीकरण गर्न र वैकल्पिक एवं वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको मन्त्रालयले जनाएको छ।

यस निर्णयलाई कडाइका साथ पालना गराउन मन्त्रालयले मातहतका सबै निकाय र कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ