arrow

ओली र लेखकलाई अदालतमा पेश गरिँदै, म्याद थपको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
oli-lekhak.jpg

काठमाडौँ । 'जेन-जी' आन्दोलन दमन सम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ। 

शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै पक्राउ परेका दुवै नेतालाई हिजो बिदा परेकाले आज मात्रै कानुनी प्रक्रियाका लागि लैजान लागिएको प्रहरीले जनाएको छ।

पक्राउ परेलगतै स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीलाई अस्पताल भर्ना गरिएको छ भने नेता लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा हिरासतमा राखिएको छ।

गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरवाही र हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।

यसैबीच एमाले र कांग्रेसले यो पक्राउलाई 'राजनीतिक प्रतिशोध' भन्दै देशभर विरोध प्रदर्शन सुरु गरेका छन्। एमालेले आजै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ