arrow

सरुवा भए पनि साहले छाडेनन् भौतिक पूर्वाधार कार्यालय, योजनाको कमिशन लिन कुरेको आरोप 

logo
प्रिमेश शिवाकोटी,  
प्रकाशित २०८२ चैत १० मंगलबार
rambabu-sah-karmachari.jpg

रौतहट । पूर्वाधार विकास कार्यालय गौरमा वर्षौंदेखि कार्यरत इन्जिनियर रामबाबु साहको सरुवा निर्वाचन अगावै हुँदासमेत उनले कार्यालय छाडेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति खोटाङमा सरुवा गरे पनि उनले हालसम्म रमाना नबुझेको पाइएको छ । 

निर्वाचनको मुखमा सरुवा भएको भन्दै निर्वाचन आचारसंहिताको बहाना बनाएर इन्जिनियर साह पूर्वाधार कार्यालय गौरमै बस्दै आएको कार्यालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

 निर्वाचन सकिएपछि आचारसंहिता निष्क्रिय भइसकेको अवस्थामा पनि विभिन्न कारण देखाउँदै उनी सोही कार्यालयमा कामकाज सञ्चालन गरिरहेको बताइएको छ।

आर्थिक वर्ष ०८१/८२ मा प्रदेश सरकारको योजना अन्तर्गत सञ्चालित मदन भण्डारी आवास योजना र जनता आवास योजनाको पूर्ण भुक्तानी भइनसकेको तथा सो योजनाबाट उठाउनुपर्ने भनिएको कमिशन रकमसमेत बाँकी रहेको कारण इन्जिनियर साह कार्यालय छोड्न नमानेको आरोप उनीमाथि लागेको छ । 

गत आर्थिक वर्षमा बाँकी रहेको रकम हाल निकासा भइसकेको र योजनाको अनुगमन बिना नै अधुरा अवस्थामा रहेका भवनहरूको समेत धमाधम भुक्तानी भइरहेको बताइएको छ। भुक्तानी भएको रकमबाट कमिशन उठाउने उद्देश्यले साहदे रमाना नलिइएको स्रोतको दाबी छ।

यस्ता गतिविधिले सुशासन र पारदर्शितामा प्रश्न उठेको भन्दै आम सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। गएको निर्वाचनमा जनताले सुशासन र भ्रष्टाचार नियन्त्रणको अपेक्षा राख्दै नयाँ जनादेश दिएको भए पनि विभिन्न कार्यालयमा देखिएको कर्मचारीको रवैयाले जनविश्वासमा असर परेको रौतहट पत्रकार महासङका पुर्व अध्यक्ष रबिन्द्र साहको भनाइ छ । 

यस विषयमा पूर्वाधार विकास कार्यालय रौतहट तथा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया दिन मानेको छैन भने सरुवा गुपचुप राख्ने खेल चलिरहेको स्थानीय प्रबीण टिबडेवालले बताए ।  

निजामती सेवा ऐन र नियमावली अनुसार सरुवा भएको कर्मचारीले तोकिएको समयभित्र नयाँ कार्यालयमा हाजिर हुनुपर्ने कानूनी व्यवस्था भएपनी सरुवा भएको कार्यालयमा कर्मचारी नजाने समस्या नेपालको सार्वजनिक प्रशासनमा एक चुनौतीको रूपमा रहेको अधिवक्ता बिपीन गौतमको तर्क छ।     ।

नियमानुसार  सरुवा, काज वा कामकाजमा खटाइएका कर्मचारीले तोकिएको म्यादभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने ब्यवस्था भए पनि पुर्वाधार कार्यालयका ईन्जिनियर साहले अटेर गरिरहेका छन् । 

निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली २०५० ले सरुवा भएका कर्मचारी  हाजिर हुन जाने म्याद

सरुवाको पत्र पाएपछि कर्मचारीले बाटोको म्याद बाहेक ७ दिन भित्र रमाना लिई नयाँ कार्यालयमा हाजिर हुनुपर्छ। यदि तोकिएको समयमा हाजिर नभएमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभागीय कारबाही गर्न सक्ने व्यवस्था छ। 

त्यस्तै प्रदेश निजामती सेवा ऐन २०७७ र संन्शोधन २०८१ अनुसार कर्मचारी सरुवा भएको पत्र प्राप्त गरेपछि तोकिएको बाटोको म्याद र तयारी म्याद (सामान्यतया ७ दिन) भित्र अनिवार्य रूपमा नयाँ कार्यालयमा हाजिर हुनुपर्ने ब्यवस्था छ। सरुवा भएको निकायमा हाजिर नभई पुनः अन्यत्र सरुवा गर्न नपाइने  ब्यवस्थासमेत रहेको  छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ