arrow

शुरू भयो ९-५को जागिर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
9to5job-82-12-23 (4).jpg

काठमाडौँ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सोमबारदेखि ९-५ को जागिर शुरू भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म कार्यालयसमय तोकिएको छ । 

सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय बिहान ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ’ भनी आइतबारको मन्त्रिपरिषद्को बैठकपछि भनेका थिए । 

सो अनुसार सिंहरदरबारमा सोमबार बिहान ८ बजेदेखि नै कार्यालय प्रवेश गर्ने क्रम शुरू भएको थियो । 

सरकारको सातामा दुई दिन बिदा निर्णय तत्कालीन इन्धन संकट व्यवस्थापनका लागि व्यावहारिक कदम जस्तो देखिए पनि यसको प्रभाव मिश्रित हुन सक्छ। एकातर्फदुई दिन बिदाले इन्धन खपत घटाउने, सवारी चाप कम गर्ने र वातावरणीय असर न्यून गर्ने अपेक्षा गरिएको छ। कार्यालय सञ्चालन समय बढाएर सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास पनि गरिएको छ।

अर्कोतर्फ सेवा लिन आउने सेवाग्राहीका लागि कामको दिन घट्दा सेवा प्राप्तिमा ढिलाइ हुन सक्ने सम्भावना रहन्छ। विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन अझ बढी समय कुर्नुपर्ने अवस्था आउन सक्छ।

त्यस्तै निजी क्षेत्रसँग तालमेल नमिल्दा आर्थिक गतिविधिमा पनि केही असर पर्ने देखिन्छ  भने शैक्षिक क्षेत्रमा पनि स्पष्ट कार्यान्वयन योजना नहुँदा अन्योल बढ्न सक्छ। यसअघि लागू गरिएको दुई दिने बिदा व्यवस्था दीर्घकालीन रूपमा सफल हुन नसकेको अनुभव पनि रहेको छ, जसले यस निर्णयको प्रभावकारितामाथि प्रश्न उठाउँछ।

सरकारको यो निर्णय संकट व्यवस्थापनको अल्पकालीन उपायका रूपमा उचित देखिए पनि यसको सफल कार्यान्वयनका लागि स्पष्ट योजना, प्रभाव मूल्यांकन र सरोकारवालासँग समन्वय अपरिहार्य देखिन्छ।

9to5job-82-12-23 (20).jpg
9to5job-82-12-23 (19).jpg
9to5job-82-12-23 (18).jpg
9to5job-82-12-23 (17).jpg
9to5job-82-12-23 (16).jpg
9to5job-82-12-23 (15).jpg
9to5job-82-12-23 (14).jpg
9to5job-82-12-23 (13).jpg
9to5job-82-12-23 (12).jpg
9to5job-82-12-23 (11).jpg
9to5job-82-12-23 (10).jpg
9to5job-82-12-23 (9).jpg
9to5job-82-12-23 (8).jpg
9to5job-82-12-23 (7).jpg
9to5job-82-12-23 (6).jpg
9to5job-82-12-23 (5).jpg
9to5job-82-12-23 (4).jpg
9to5job-82-12-23 (3).jpg
9to5job-82-12-23 (2).jpg
9to5job-82-12-23 (1).jpg
9to5job-82-12-23 (18).jpeg
9to5job-82-12-23 (17).jpeg
9to5job-82-12-23 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ