arrow

अदालतको फैसला नआएसम्म महाधिवेशन नगर्न देउवा पक्षको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
shyam-ghimire-10-12.jpg

काठमाडौँ। नेपाली कांग्रेसभित्र पार्टी आधिकारिकताको विवाद नटुंगिँदै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असहमति जनाएको छ।

देउवा पक्षका नेता श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा विचाराधीन पार्टी आधिकारिकतासम्बन्धी मुद्दाको फैसला नभएसम्म नियमित महाधिवेशनमा जान नहुने बताएका हुन् ।

मंगलबार प्रतिक्रिया दिँदै उनले अदालतको निर्णयपछि मात्र महाधिवेशन सम्पन्न गरेर अघि बढ्नुपर्ने धारणा राखे।

“सर्वोच्च अदालतले जसलाई आधिकारिकता दिन्छ, त्यसैको नेतृत्वमा महाधिवेशन गर्नुपर्छ,” उनले भने।

घिमिरेले कांग्रेसभित्रको विवाद समाधानका लागि दुवै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि उल्लेख गरे। उनले अदालतलाई समेत मुद्दामा ढिलाइ नगरी छिटो फैसला दिन आग्रह गरे।

“सर्वोच्च अदालतले चाँडो निर्णय दिनुपर्छ। मुद्दा लम्बिँदा अन्यौल बढ्छ र संस्थाप्रतिको विश्वास कमजोर हुन सक्छ,” उनले भने।

उनले विगतका केही संवेदनशील मुद्दाहरू लामो समयसम्म लम्बिँदा न्यायप्रणालीप्रति जनविश्वासमा असर परेको उल्लेख गर्दै वर्तमान मुद्दामा ढिलाइ नगर्न चेतावनी दिए।

साथै, उनले पार्टीभित्रको असन्तुलनले निर्वाचनमा कांग्रेसले कमजोर प्रदर्शन गर्नुपरेको दाबी गर्दै नेतृत्वलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। “सबै पक्षलाई समेटेर अघि बढ्नु नै पार्टीको हितमा हुन्छ,” उनले भने।

देउवा पक्षले अदालतको निर्णयपछि मात्र स्पष्ट दिशामा अघि बढ्नुपर्ने बताउँदै अहिलेको अवस्थामा महाधिवेशनको कार्यतालिका अगाडि बढाउनु उपयुक्त नहुने निष्कर्ष निकालेको छ।

अदालत पनि अब ब्याक गियरमा जाँदैन भन्ने स्पष्ट भैसकेको छ । एक वरिष्ठ अधिवक्ताले भने, सम्माननीय अदालत अब ब्याक गियरमा जाला जस्तो लाग्दैन । संसद विघटन विरुद्धको मुद्धाको पनि फैसला भएको छैन । तर के अदालतले अब ०७९ को संसद पुनर्स्थापना गर्ला र ?  त्यस्तै हो कांग्रेसको मुद्धा पनि । गगन थापा नेतृत्वमा चुनावमा भएपछि अब आधिकारिक कार्यसमिति गगन थापा नेतृत्वकै हो ।' 

गगन थापा नेतृत्वकै कांग्रेसलाई भोट हाल्न देउवा नेतृत्वको तत्कालीन कार्यसमितिका पदाधिकारी पनि गएका थिए भने देउवा पक्षकै नेताहरूसमेत चुनावमा उम्मेदवार थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ