अहिलेको परिस्थितिमा कांग्रेसलाई गगन थापाको आवश्यकता छ : उदयशमशेर राणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
630
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्ने बताएका छन् ।
शुक्रबार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले यस्तो बताएका हुन्।
उनले पार्टीका अधिकांश नेता कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई थापाको आवश्यकता छ भनिरहेको उल्लेख गरे।
उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे प्रारम्भिक समिक्षा गरिने बताए। प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेद्वारलाई रिपोर्ट पठाउन निर्देशन दिइसकेको उल्लेख गर्दै उनले सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट प्राप्त भइसकेपछि निर्वाचनको विस्तृत समीक्षा छिट्टै हुनेसमेत बताए।
उनले भने, ‘अहिले हामी निर्वाचन परिणामको प्रारम्भिक समीक्षा गर्छौँ। हामीले उम्मेद्वारको रिपोर्ट मागिसकेका छौँ । रिपोर्ट आइसकेपछि छिट्टै केन्द्रीय समितिको बैठक बसेर विस्तृत रुपमा समीक्षा गर्छौँ। सभापतिको राजीनामा बारेमा केन्द्रीय समितिका साथीहरूले आफ्नो राय राख्नुपर्यो । विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेश हुन्छ । पदाधिकारीले मात्र भने हुँदैन। अधिकांश नेता कार्यकर्ताले अहिलेको परिस्थितिमा नेपाली कांग्रेसमा गगन थापाको आवश्यकता छ । त्यसैले राजीनामा दिनुहुन्न भन्ने धारणा पहिलेदेखि नै आइरहेको थियो ।’
बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुने एजेण्डा तय भएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए।