arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठक चैत ६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको हो । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

फागुन २१ गतेको निर्वाचनपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । यो बैठकमा चुनावी समीक्षा र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ