दैलेख १ मा कांग्रेसकी बासनाको शुरुआती अग्रता, रवीन्द्रले पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
923
Shares
काठमाडौँ। दैलेख निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले शुरुआती अग्रता लिएकी छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको १ हजार ६४० मत गणना हुँदा थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ५५ मत बढी पाएकी छन्।
हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसकी बासना थापाले ६०४ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार रवीन्द्र शर्माले ५४९ मत ल्याएका छन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नन्दकिशोर बस्नेत ३३२ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपाका अमर बहादुर थापाले ३३ मत पाएका छन्। अहिले दैलेख १ मा मतगणना कार्य जारी छ र थप विवरण आउने क्रममा रहेको छ।