arrow

सर्लाही-४ को उम्मेद्वारीले राजनीतिक पूर्णता दियोः गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
gagan-thapa-21-11.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नं ४ को उम्मेद्वारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताएका छन्।

काठमाडौँको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताएका हुन्।

विगतका निर्वाचनहरूमा आँफैँ उम्मेद्वार हुँदा आफैँलाई मत हाल्ने गरेको स्मरण गर्दै उनले यसपटक भने युवा उम्मेद्वार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताए । 

आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः शुरू भएको जानकारी दिए ।

उनले विपक्षीहरूले उक्साउने कोसिस गरे पनि कांग्रेसले संयमता अपनाएको र कुनै पनि अप्रिय घटना हुन नदिने स्पष्ट पारे । 

विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महसुस भएको उनले स्वीकार गरे ।

सर्लाही-४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ