arrow

झापाको हल्दिबारीबाट राजेन्द्र लिङ्देनले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
rajendra-lingden-ss.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आज बिहानै आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

झापा क्षेत्र नम्बर ३ मा आज बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुचारु भइसकेको छ। निर्वाचनमा सहभागी हुन मतदाताहरूको उपस्थिति बिहानैदेखि निकै बाक्लो र उत्साहजनक देखिएको छ। 

मतदान गरेपछि अध्यक्ष लिङ्देनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै आम नागरिकलाई मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन्। जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान कार्य सुचारु रूपमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ