arrow

एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र, व्यवस्था विशेष [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
ramprasad-bhandari-82-11-17.jpg

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । 

यसका लागि निर्वाचन आयोगले देशभर १० हजार नौ सय ६७ मतदान स्थल र २३ हजार एक सय १२ ओटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिए।

उनका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ । 

उनले भने, ‘एक मतदातालाई मतदान गर्न एकदेखि दुई मिनेट मात्र लाग्नेछ । कुनै पनि मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता छैनन्, त्यसैले लाइनमा धेरै कुर्नुपर्दैन ।’ 

प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ