arrow

कांग्रेस उपभापति भुषालले नवलपुर र रामपुरको चुनावी सभालाई सम्बोधन गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
pushpa-bhusal-gautam-82-11-14.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि प्रचार प्रसारको समय सकिन अब तीन दिनमात्र बाँकी रहेका बेलामा नेपाली कांग्रेसका पदाधिकारीको दौडधूप निकै बढेको छ । 

विशेषगरी कांग्रेस सभापति गगनकुमार थापा तथा उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल गौतमको दौडधूप केही दिनदेखि बढेको हो ।

सो क्रममा उपसभापति भुषालले आज शनिबार दुई जिल्लाको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नवलपुर र पाल्पाको चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।  

नवलपुरको जलजलेमा बिहान ११.३० बजे चुनावी सभा हुँदैछ । यस्तै पाल्पाको रामपुरमा आजै साँझ ५.३० बजेट चुनावी सभालाई सम्बोधन गर्ने उपसभापति भुषालले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ