कांग्रेसको बुटवलमा चुनावी सभा, सभापति थापा सहभागी [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
858
Shares
काठमाडौँ । नेपाली कांग्रेसले अहिले रूपन्देहीको बुटवलमा चुनावी सभा आयोजना गरिरहेको छ । उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय पदाधिकारीसँगै लुम्बिनी प्रदेशका पदाधिकारी अनि स्थानीय नेता एवं उम्मेदवारले सम्बोधन गर्दैछन् । बुटवलको कार्यक्रम सकिएपछि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा बागलुङको सभामा सम्बोधन गर्न जाने कार्यक्रम छ । त्यस्तै बागलुङबाट पोखरामा चुनावी सभा हुँदैछ ।
त्यहाँ नेताहरूले सम्बोधन गर्नेछन् । ती चुनावी सभामा ठूलो संख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउनेसमेत कार्यक्रम रहेको छ ।
यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।