पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा आयात घट्छ : मन्त्री सिन्हा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
642
Shares
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा १० प्रतिशतमात्र इथानोल मिसाउँदा पनि वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सकिने बताएका छन् ।
नेपालमा इथानोल मिश्रण नीतिः अवसर चुनौती र कार्यान्वयन रणनीतिबारे आइतबार काठमाडौँमा भएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।
उनले वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सक्दा छ अर्ब रुपैयाँ बरबारको विदेशी मुद्राको बचत हुने दाबी गरे ।
‘पेट्रोलमा १० प्रतिशतमात्र इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर प्रटोलको आयात घटाउन सकिने रहेछ । यसबाट छ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको बचत हुन्छ,’ उनले भने, ‘यसले गर्दा नेपालमा कमाएको पैसा विदेश जानबाट बच्ने छ ।’
मन्त्री सिन्हाले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणसम्बन्धी आदेश २०८२ नेपाल सरकारले तयार पारेर स्वीकृत गरेको समेत बताए ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्यले वातावरण र समग्र अर्थतन्त्रमा महत्वपूर्ण रहेकोले उल्लेख गर्दै मन्त्री सिन्हाले जैविक इन्धन सवारी साधनबाट हुने उत्सर्जनलाई घटाउने बताए ।