arrow

पपुलिजमको आक्रमणबाट लोकतन्त्रलाई जोगाउनुपर्ने छ : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
gagan-thapa-06-11.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तर्क्रिया कार्यक्रममा उनले अहिले परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको बताएका हुन् ।

सभापति थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं ? भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नुपर्ने धारणा राखे ।

उनले भने, ‘अहिले एक सय एक परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ । एउटा छाल जस्तो आएको छ । त्यो पपुलिजमको आक्रमणबाट के नेपालको लोकतन्त्र हामीले जोगाउन सक्छौँ ? हाम्रो लोकतन्त्र त्यति परिपक्क पनि छैन । हाम्रो अर्थतन्त्रको आफ्नै चुनौतीहरू छन् । एउटा लोकतन्त्र परिपक्क भइसकेको संस्थाहरू बनेको ठाउँमा पपुलिजम ५/६ महिनामा आउँछ त्यो ढल्छ। संस्थाहरू बलियो नभएको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामीले थेग्न सक्छौँ ? भन्ने हाम्रो अगाडि प्रश्न छ त्यसको उत्तर हामीले खोज्नुपर्छ ।’

उनले गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको भन्दै कांग्रेस एक्लै निर्वाचनमा गएर अलिकति भए पनि फोहोर सफा गर्ने प्रयास गरेको धारणा राखे ।

उनले भने, ‘लोकतन्त्रको स्पेस हाइज्याक भएको छ। हेर्दा सामान्य लाग्ने गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको थियो । कांग्रेसले १६५ मा नै कांग्रेसको उम्मेद्वार लड्छ जित हार जे सुकै होस् भनेर जाँदा अलिकति भए पनि फोहर सफा गर्ने प्रयास गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ