arrow

मधेसमा जागरण ल्याउँदै कांग्रेस

जनकपुरको चुनावी सभा मधेसलाई न्याय दिलाउनः कांग्रेस प्रदेश सभापति यादव

६ गते चुनावी सभा, सोही कार्यक्रममै कांग्रेसको प्रतिज्ञापत्र घोषणा हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
krishnaprasad-yadav-madhes-president-congress.jpeg

जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेसलाई उर्वर बनाउन यहाँ आमसभा गर्न लागेको बताएका छन् । मधेसका धेरै एजेण्डा समेटिएका हुनाले कांग्रेसले मधेसमा चुनावी सभासँगै संकल्पपत्र जारी गर्ने उनले बताए । 

सभापति यादवले भने,'मधेसलाई बुझ्न, मधेसको समस्या बुझ्न र बुझाउन तथा उर्वरा भूमिको विरासत जोगाउन कांग्रेस जिताउन यहाँ पहिलो पटक चुनावी सभा गर्न लागेका हौँ ।'

उनका अनुसार मधेसमा चुनावको उभार ल्याएर जिताउन कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा सहितको चुनावी सभा आयोजना गर्न लागिएको जानकारी दिए । 

उनले अहिलेसम्म मधेसले चुनावमा भोट मात्रै हालेको तर मधेसले न्याय नपाएकाले यसपटक कांग्रेसले मधेसलाई चुनावी एजेन्डासहि न्याय दिलाउने अठोट गरेको बताए । 

कांग्रेसले शुरूमा जति जितेर सरकार बनाए पनि न्याय नदिएको भन्दै उनले यसपटक मधेस बुझाउन र बुझ्नका लागि जनकपुरमा सभा आयोजना गरेको बताए । 

मधेस सभापति यादवले भने, 'कांग्रेसले बोलेको कुरा पूरा गर्छ भन्ने आशा राख्दै चुनावी सभा गरेका छौँ । साथै मधेसमा गगनको उम्मेदवारीसँगै मधेसको पहिचान, सम्मान र शानलाई फर्काउँदै गगन थापासहित मधेसमा ३२ ओटै सिट जिताउन जनकपुरमा चुनावी सभा आयोजना गरेका छौँ ।'

साथै संघीयता कार्यान्वयन गर्न मधेसलाई नै चाहिएको हुनाले सभापतिको  प्रमुख आतिथ्यतामा चुनावी सभा हुन गइरहेको उनको भनाइ छ । 

 उनले भने, 'कांग्रेसका उम्मेदवारहरूलाई मधेसमा इतिहास कायम गर्न पनि चुनावी सभाको जरूरी भएको छ। त्यसकारण मधेसको विरासत फर्काउन हामी लागि परेका छौँ ।'

कांग्रेसले मधेसबाटै ठूलो चुनावी सभाको थालनी गर्दैछ । बुधबार फागुन ६ गते हुने कार्यक्रमबाटै कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञा पत्र पनि सार्वजनिक गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ