बजारमा अभावको गुनासोसँगै निगमले नै बाँड्न थाल्यो ग्यास [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
745
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण शुरू गरेको हो ।
निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।
बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म बिक्री वितरण हुने निगमले बताएको छ ।