arrow

गैरकानूनी लाभ लिने पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
special-court.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ । 

अख्तियारले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ । बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तले भवन निर्माणको योजनामा आरोपितले सरकार एवं सार्वजनिक संस्था विद्यालयको सम्पत्ति हानिनोक्सानी, हिनामिना एवं दुरूपयोग गरी गैरकानूनी लाभ लिएको पुष्टि भएको हुँदा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ