चुनावको मिति नजिकिदै, संसद् पुनःस्थापनको मागमा पेसी नतोकिएको सर्वोच्चबाट स्पष्ट
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
881
Shares
तस्बिर : फाइल
काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए ।
“संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु”, प्रवक्ताले कोइरालाले भने, “२० गते साधारण तारेख रहेको छ ।”
अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् ।
चुनावको तयारी तीव्र भइरहेको र दलहरूसमेत चुनावी अभियानमा जुटेका बेलामा अब पेसीले पनि के अर्थ राख्छ र ? भन्ने प्रश्न अहम् भएको छ ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रहेको छ । गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरेकी थिइन् ।