arrow

चुनावको मिति नजिकिदै, संसद् पुनःस्थापनको मागमा पेसी नतोकिएको सर्वोच्चबाट स्पष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
supreme-court-tripal.jpg
तस्बिर : फाइल

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको  र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए । 

“संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु”, प्रवक्ताले कोइरालाले भने, “२० गते साधारण तारेख रहेको छ ।” 

अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् । 

चुनावको तयारी तीव्र भइरहेको र दलहरूसमेत चुनावी अभियानमा जुटेका बेलामा अब पेसीले पनि के अर्थ राख्छ र ? भन्ने प्रश्न अहम् भएको छ । 

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रहेको छ । गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ