arrow

पहाडबाट झरेको परिवार र काठमाडौँमै हुर्किएको पृष्ठभूमि रहेकाले मधेसमा उम्मेद्वार बनेँ : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
gagan-thapa-10-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसका विषय बुझ्दा त्यसले देशकै समस्या समाधानतर्फ बाटो देखाउँछ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् । साथै मधेससँगको सम्बन्ध औपचारिकतामा सीमित नराखी गहिरो बनाउन चाहेकाले सर्लाही-४ बाट उम्मेद्वार बनेको उनले स्पष्ट पारे । 

सभापति थापाले मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दा बुझ्न सके नेपालको समग्र समस्याको समाधानमा योगदान दिन सकिने विश्वास व्यक्त गरे ।

सभापति थापाले पहाडबाट झरेको परिवार र काठमाडौँमै हुर्किएको पृष्ठभूमि रहेकाले मधेसमा उम्मेद्वार बनेर त्योसँग अझ नजिक हुन चाहेको स्पष्ट पारे ।

मधेसका आवाज काठमाडौँमा र काठमाडौँका कुरा मधेसमा सुनाउने आफ्नो चाहना रहेको भन्दै उनले आफूलाई तीन पटक निर्वाचित गराएका काठमाडौँ-४ का मतदाताप्रति कृतज्ञता व्यक्त गरे । 

उनले भने, ‘एउटा परिवारजस्तै माया मैले यो क्षेत्रमा सधैँ पाएँ, जीवनका महत्त्वपूर्ण समय यहीँ बिते”, उनले भने, ‘पार्टी सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन नगर्न सुझावहरू धेरै आएको छ ।’

थापाले उत्तेजनाको राजनीतिमा आफू विश्वास नगर्ने भन्दै अधिकारसँगै एकता आवश्यक रहेको बताए । 

उनले सबैलाई जोड्ने राजनीति नै आफ्नो लक्ष्य भएको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ