arrow

हिमपात र वर्षाले लियो ६१ अफगानीको ज्यान, एक सय १० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
afghanistan-snowfall.jpg

काठमाडौँ । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने एक सय १० जना घाइते भएका छन् ।

यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा चार सय ५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ ।

प्राधिकरणले यो तथ्यांक प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएको छ ।

विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ