arrow

पाकिस्तान-अफगानिस्तान द्वन्द्वमा तीन सयको मृत्यु, पाँच सय घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
pak-afg-attack-82-11-16.jpg
तस्बिर : पाकिस्तानको खैबर पख्तुनख्वाको एक अस्पतालमा घाइते बालिकाको उपचार गर्दै डाक्टर ।

काठमाडौँ । पाकिस्तान र अफगानिस्तान बीचको सैन्य द्वन्द्वमा दुवै पक्षका ३०० भन्दा बढी मानिसहरू मारिएको दाबी गरिएको छ । त्यस्तै ५०० भन्दा बढी घाइते भएका छन् । दुवै देशले एकअर्कालाई थप सैन्य कारबाहीको धम्की दिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाले पाकिस्तान र अफगानिस्तान बीच हस्तक्षेप गर्ने हो कि भनेर सोध्दा उनले भने, "म हस्तक्षेप गर्न सक्छु, तर मेरो पाकिस्तानसँग धेरै राम्रो सम्बन्ध छ। पाकिस्तानले अहिले धेरै राम्रो प्रदर्शन गरिरहेको छ ।"

उही समयमा, पाकिस्तानका सैन्य प्रवक्ताले देशमा आतंकवादी हमलाको पछाडि भारतको हात रहेको आरोप लगाएका छन् । उनले अफगान तालिबानको भू-भाग यी गतिविधिहरूको लागि प्रयोग भइरहेको बताए ।

पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द्व बिहीबार राति अबेरदेखि शुरू भएको हो । जब अफगानिस्तानले फेब्रुअरी २२ मा पाकिस्तानी हवाई आक्रमणको बदला लियो त्यसपछि पाकिस्तानले अपरेशन गजब-लिल-हक शरू गरेको हो । 

पाकिस्तानी वायुसेनाले काबुल, कान्दाहार, पक्तिया, नान्गरहार र अन्य प्रान्तहरूमा हवाई आक्रमण गरेको छ । 

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीका अनुसार अहिलेसम्म २७४ तालिबानी लडाकु मारिएका छन् र ४०० भन्दा बढी घाइते भएका छन्।

उनले भने कि ११५ ट्याङ्क र बख्तरबन्द सवारी साधनहरू ध्वस्त पारिएका छन्, ७४ चेकपोइन्टहरू ध्वस्त पारिएका छन् र १८ चेकपोइन्टहरू पाकिस्तानी सेनाले कब्जा गरेको छ। पाकिस्तानले पनि स्वीकार गरेको छ कि उसका १२ सैनिक मारिएका छन् र २७ घाइते भएका छन्।

यसैबीच, तालिबानले आफ्ना ८ देखि १३ लडाकुहरू मात्र मारिएको र केही घाइते भएको दाबी गरेको छ। यसले ५५ पाकिस्तानी सैनिक मारिएको र दुई सैन्य मुख्यालय सहित धेरै चेकपोइन्टहरू कब्जा गरिएको दाबी गरेको छ। 

यदि पाकिस्तानले थप आक्रमणहरू शुरू गरेमा तालिबानले थप कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ