arrow

कांग्रेसको जनकपुरमा माघ १६ मा हुने भनिएको विशाल सभा फागुन ७ का लागि सारियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
congress-flag-final-final.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसको आगामी माघ १६ गते जनकपुरमा हुने भनिएको सभा स्थगित भएको छ । कांग्रेसले माघ १६ गते जनकपुरधाममा विशाल सभा गर्ने तयारी गरेको थियो । उक्त कार्यक्रममा सभापति गगनकुमार थापाले सम्बोधन गर्नेसमेत तय भएको थियो । 

उक्त कार्यक्रम निर्वाचन आयोगका कारण रद्ध भएको कांग्रेसले जनाएको छ । आयोगले आचारसंहिता लागू भइसकेको अवस्थामा सभाका निम्ति अनुमति नदिएपछि कार्यक्रम रद्ध गरिएको कांग्रेसको भनाइ छ । 

उक्त सभामा सभापति थापाले विशेष सम्बोधन गरेपछि एकैपटक राष्ट्रिय रूपमा निर्वाचन प्रचार प्रसार थाल्ने कांग्रेसको तयारी रहेको थियो । 

स्थगित भएको कार्यक्रम अब फागुन ७ गते प्रजातन्त्र दिवसको दिन जनकपुरधाममै हुने कांग्रेसले जनाइएको छ । उक्त सभामा सभापति थापाले विशेष सम्बोधन गर्नेछन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगनकुमार थापाको कार्यव्यस्ततालाई मिलाउँदै निर्वाचन आयोगसँगको समन्वयमा नयाँ मिति सार्वजनिक गर्न लागिएको जनाए ।  

उनले जनकपुरमात्र नभइ देशैभरको कार्यक्रम तयार गर्नुपर्ने जानकारी दिए । 

का‌ग्रेसले आठ वर्षपछि कुनै पनि गठबन्धन नगरी सबै १६५ ओटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । सभापति थापा सर्लाही ४ बाट लडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ