arrow

काठमाडौँ १ का कांग्रेसका बागी उम्मेदवार आचार्यको उम्मेदवारी फिर्ता, थापालाई समर्थन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
gagan-prabal-baburam-82-10-9.jpg

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । आचार्यले पार्टीका आधिकारिक उम्मेदवार प्रवल थापालाई समर्थन गर्दै आफूले दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । 

थापा काठमाडौँ १ का लागि सिफारिसमा परेका उम्मेदवार हुन् । आचार्यले सामाजिक संजाल फेसबुकमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

`“नेपाली कांग्रेस जिन्दावाद, भोट के मा रुखमा”, वार्ड, क्षेत्र, जिल्ला, सातै प्रदेश तथा प्रवासका शुभचिन्तक एवं कांग्रेस नेता कार्यकर्ताहरुको सल्लाह, सुझाव एवं नेपाली कांग्रेसका आदरणीय सभापति गगनकुमार थापा ज्यूसँगको संवादपछि मेरो उम्मेदवारी हाम्रा उम्मेदवार  प्रवल थापा ज्यूलाई समर्थन गर्दै फिर्ता लिएको छु ।´ आचार्यले लेखेका छन् ।

उनले अगाडि थपेका छन्, `मेरो भूमिका नेपाली कांग्रेसको आधिकारिक उम्मेद्वारलाई विजयी गराउन तन, मनले हुने आदरणीय सबै कांग्रेस नेता, कार्यकर्ता तथा अग्रजहरुमा जनाउँदछु ! नेपाली कांग्रेस जिन्दाबाद, भोट के मा रूखमा, जय नेपाल।´



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ