पदबहालीका क्रममा कांग्रेस पार्टी मुख्यालयमा कार्यकर्ताको भीड, जयजयकारकाे नारा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको टिमले अहिले पदवहाली गर्दैछ । काठमाडौँमा गत पुस ३० गते मध्यराति सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए ।
पार्टी कार्यालय सानेपामा अहिले सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गर्दैछन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टी कार्यालयमा बस्ने बैठकमा आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
यता सो क्रममा पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूको ठूलो भीड लागेको छ । उनीहरूले अबको प्रधानमन्त्री गगन थापा, गगन थापा जिन्दावाद लगायतका नारा लगाएका छन् ।
उनीहरूले जयजयकारकाे नारासमेत लगाएका छन् ।
यता कांग्रेसले नवनिर्वाचित सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै निर्वाचनमा होमिने भएको छ । कांग्रेसको आजको बैठकले थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावमा होमिन लागेको हो ।
महामन्त्री प्रदीप पौडेलले सभापति थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावमा होमिने बताए ।