arrow

सानेपाबाट सन्देश दिँदै सभापति गगन थापा

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पार्टी कार्यालयमा, पदबहालीसँगै विभिन्न एजेन्डामा छलफल

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पार्टी मुख्यालयमा, निर्वाचन केन्द्रित छलफल प्राथमिकतामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपामा बस्न लागेको हो । 

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ । 

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पहिलो पटक पार्टी मुख्यालयमा बस्न लागेको हो । यसअघि गत शनिबार बैठक काठमाडौँको एक ब्याङ्क्वेटमा बसेको थियो । 

सोही कार्यक्रममा निर्वाचित कार्यसमितिले पदबहाली गर्नेछ । केन्द्रीय निर्वाचत समितिले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसमेत वितरण गर्नेछ । 

त्यसपछि सभापति गगनकुमार थापाको अध्यक्षतामा बैठक बस्नेछ । बैठकले निर्वाचन केन्द्रित विभिन्न निर्णयहरू गर्नेछ । साथै विभिन्न उपसमितिहरू बनाउने एजेन्डासमेत रहेको बताइएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई कसरी सफल बनाउने भन्नेबारेमा रणनीतिसमेत तय हुनेछ । 

सभापति थापाले सानेपाबाटै देशभरका कांग्रेस नेता तथा कार्यकर्तासँगै मतदातालाई विशेष सन्देश दिनेछन् । 

एक केन्द्रीय सदस्य भन्छिन्, 'जेन-जी आन्दोलनपछि हाम्रो नेताले जुन सन्देश दिइरहनु भएको छ त्यसलाई सफल बनाउन निर्वाचनमा कांग्रेस एकबद्ध भएर लाग्नुपर्छ । विशेष महाधिवेशनपछिको पहिलो सम्बोधनमै कांग्रेसमा गुटउपगुट छैन भनेर भन्नुभएको थियो । शुक्रबारको बैठकबाट सबैलाई बुझ्ने भाषामा मुख्यालयबाटै सभापतिले एकताबद्धका लागि सन्देश दिनुहुनेछ ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ