arrow

कांग्रेसभित्र चुनावका लागि एकता प्रयास, जिल्ला जिल्लाबाट सभापति थापालाई बधाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
yogendra-pariyar-nc-dhanusha.jpg
तस्बिर : धनुषा जिल्ला कांग्रेस सभापति योगेन्द्र परियार ।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र इतर पक्षबीच पुस अन्तिम साता निकै रस्साकस्सी भए पनि अब भने विस्तारै माहोल एकतातर्फ अगाडि बढेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा माघ ६ गते मंगलबार उम्मेदवारको नाम दर्ता गर्ने दिन रहेको छ । 

अन्य दलहरूले नाम फाइनल गरे पनि कांग्रेसले अझै सार्वजनिक गर्न सकेको छैन । तर अब भने विस्तारै महोल बन्दै गएको पाइएको छ । शेरबहादुर देउवा पक्षका नेताहरू पनि अब विस्तारै खुलेर गगनकुमार थापाको नेतृत्वलाई स्वीकारिरहेका छन् । 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वलाई अद्यावधिक गरेपछि विशेष महाधिवेशन नगरी विधान मिचेको देउवा पक्ष स्वतः नेतृत्वबाट बाहिरिँदा चुनावका बेलामा पार्टी फुट्ने सम्भावना बढे पनि त्यसो हुन नदिन नेताहरू लागिरहेका छन् । 

मुद्धा सर्वोच्च अदालतमा गए पनि त्यसको निर्णय आउन ढिलाइ हुने भएकाले चुनावका लागि सबै मिलेर रूख चिन्ह नै लिएर चुनावमा जानलाई सुझाइएको छ । 

सो क्रममा देउवा पक्षका नेताहरू गगन थापा नेतृत्वलाई बधाईसमेत दिइरहेका छन् ।

धनुषा सभापतिको पनि बधाई 

यही क्रममा धनुषा जिल्ला कार्यसमिति सभापति योगेन्द्र परियारले पनि बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई बधाई दिएका हुन् । उनले गगन कार्यसमितिलाई नै बधाई दिए । 

साथै देश जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको वर्तमान सन्दर्भमा नेपाली कांग्रेसले अझ बढी एकता, समन्वय र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले पार्टीभित्रका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई निर्वाचन प्रक्रियामा एकताबद्ध रूपमा सहभागी भई संगठनलाई मजबुत बनाउन आग्रह गरेका छन् । 

यस्तो छ उनको बधाई तथा शुभकामना-

बधाई तथा शुभकामना विज्ञप्ति
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनु भएका आदरणीय नेता श्री गगन थापा ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
यसै अवसरमा विशेष महाधिवेशनमार्फत निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यज्यूहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछौँ।
देश जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको वर्तमान सन्दर्भमा नेपाली कांग्रेसले अझ बढी एकता, समन्वय र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको छ। पार्टीभित्रका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई निर्वाचन प्रक्रियामा एकताबद्ध रूपमा सहभागी भई संगठनलाई मजबुत बनाउन आग्रह गर्दछौँ।
नव निर्वाचित सभापति ज्यूको नेतृत्वमा नेपाली कांग्रेसले लोकतन्त्र, सुशासन र जनताको भरोसाको राजनीति स्थापित गर्न सफल हुने विश्वास लिएका छौँ।
अन्त्यमा, सभापति पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको तर्फबाट पुनः हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ।
नेपाली कांग्रेस
धनुषा जिल्ला कार्यसमिति 
जय नेपाल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ