पार्टीको घोषणापत्र बनाउन गगन तथा निर्वाचन परिचालन समितिको नेतृत्व विश्वलाई
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
2.6k
Shares
काठमाडौँ । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको घोषणा पत्र निर्माणका लागि थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ ।
बिहीबार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकका निर्णय सुनाउँदै थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणा पत्र निर्माणका लागि पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
उनका नुसार बैठकले निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न, निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरिएको छ ।
निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई आवधिक गर्ने कामका लागि पनि तयारी भइरहेको बताए । साथै समानुपातिक सूचि संशोधन र अपडेट गर्ने निर्णय भएको पनि बताए ।
उनले भने, ‘बैठकको निरन्तरता भोलि पनि हुन्छ । पार्टीका संस्थापक नेताहरुले देखाउनुभएको बाटोलाई सम्झँदै, शहीदहरुको पीडालाई आत्मसाथ गर्दै बदलिएको परिस्थितिमा बदलिएको र सच्चिएको काँग्रेस निर्माण गर्दै अघि बढ्दै निर्वाचनमा काँग्रेस कति सक्षम र दरिलो बनाउने भन्नेकुरामा हामीले आवश्यक निर्णय लिएका छौँ । पार्टीको घोषणा पत्र निर्माणका लागि पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति निर्माण गरेका छौँ । निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न, निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरेका छौँ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय भएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई रिप्लेस गर्दै नयाँ आवधिक गर्ने निर्णय भएको छ । उम्मेदवारी दर्ता प्रयोजनका लागि दस्तखत, समानुपातिक लिस्ट संशोधन गर्ने, अपडेट गर्ने निर्णय भएको छ ।’
बैठकले विशेष महाधिवेशनमा आएका कार्यकर्तालाई धन्यवादसमेत व्यक्त गरेको छ ।