arrow

कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छः गोपालमान श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
gopalman-shrestha-27-09.jpg

काठमाडाैँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेन-जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलको बिचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औँल्याए ।

कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सर्वसम्वत, सर्वदलीय जेनजीदेखि लिएर धेरै शक्तिहरू अहिले आएको छ, उनीहरूको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्छ। यो महाधिवेशनले आफ्नो विधि विधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई कांग्रेसको विधानअनुसार मान्नुपर्छ । अहिले राष्ट्रिय एकताको खाँचो छ ।’

उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ