arrow

बाहार्नाखोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
accident-final.jpg

सुर्खेत। जाजरकोटमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

छेडागाड नगरपालिका वडा नं ९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।

साथै साेही दुर्घटनामा अन्य चार जना घाइते भएकाे प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

घाइते हुनेमा छेडागाड नगरपालिका वडा नं ९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नं ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका वडा न‌ं ६ की २३ वर्षीया शीतला रावत छन् ।

उनीहरूको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिका वडा नं ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका वडा नं ९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नं को डबल क्याब बोलेरो जीप ब्रेक फेल भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाबारे अनुसन्धान भइरहेको एसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ