arrow

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

सिट बाँडफाँट र तालमेलको अन्तिम कसरत: कांग्रेस कार्यसम्पादन समितिको महत्वपूर्ण बैठक आज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
congress-mmeting-82-9-9aa (1).jpeg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी निर्वाचनका लागि उम्मेदवारहरूको मापदण्ड तय गर्न र अन्य राजनीतिक दलहरूसँगको चुनावी तालमेलबारे ठोस निर्णय लिन यो बैठक बोलाइएको हो।

देउवा, ओली र प्रचण्डबीच राष्ट्रिय सभामा 'त्रिपक्षीय' सहकार्यको संवाद

विशेष गरी राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा कांग्रेसले नेकपा एमाले र नेकपा लगायतका प्रमुख दलहरूसँग शीर्ष तहमा संवाद जारी राखेको छ। 

आजको बैठकमा आफ्ना उम्मेदवारहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने र जितको आधार तय गर्न कुन–कुन शक्तिसँग सहकार्य गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। 

सत्ता समीकरण र आगामी चुनावी रणनीतिलाई लिएर कांग्रेसले लिन सक्ने नयाँ मोडलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ