निर्णायक कदम नचाले बीमा कार्यक्रम अघि बढ्न सक्दैन : स्वास्थ्यमन्त्री गौतम [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
942
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।
सोमबार काठमाडौमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बीमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौँ रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बीमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताइन् ।
उनले वर्तमान सरकारले बीमा, औषधि र आपूर्ति तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।
उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन ओटा कुरा राखेका छौँ, त्यसमा बीमा, औषधि र आपूर्ति रहेको छ। बीमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बीमा ठीक तरिकाले चलिरहेको छैन्, धेरै नै गाह्रो अवस्था छ । करोडौँको भुक्तानी बाँकी छ ।’