मन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी तानियो मन्त्रालय
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
348
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।
सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् ।
फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ। गाडीहरू आवश्यकताका आधारमा कानून बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।
कानूनअनुसार सहसचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारीसाधन प्रयोग गर्ने व्यवस्था छ ।