arrow

सन् २०२५ मा २८ लाख अफगानी स्वदेश फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
afgan-refugee-pakistan.jpg

काठमाडौँ । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातृभूमि अफगानिस्तानमा फर्केको अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ले अफगान अधिकारी अब्दुल रहमान हबीबलाई उद्धृत गर्दै “एक वर्षमा लगभग २८ लाख शरणार्थी घर फर्केको उल्लेख गर्दै अर्थतन्त्र र भविष्यमा थप आर्थिक स्थिरताको डर बढेको जनाएका छन् ।

हबीबले अफगान शरणार्थीहरूको फिर्ती पछिको थप विवरण भने पेश गरेको छैन ।

यद्यपि, हबीबले अफगान सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर बनाउन, रोजगारीका अवसरहरू सिर्जना गरी गरिबी निवारण गर्न स्थानीय उत्पादनहरू बढाउन निजी क्षेत्र, विदेशी लगानीलाई सहयोग गर्न र प्रमुख विकास परियोजनाहरू कार्यान्वयन जारी राख्ने प्रयास गरिरहेको उल्लेख गरेको छ ।

लाखौँ अफगान शरणार्थीहरू विगत चार दशक भन्दा बढी समयदेखि युद्ध र अशान्तिबाट बच्न छिमेकी पाकिस्तान र इरानलगायतका देशमा बसिरहेका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ