उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको थप मापदण्ड खारेज गर्न माग गर्दै विरोध [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
736
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी र न्युज एजेन्सी नेपाल ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको थप मापदण्ड खारेज गर्न माग गर्दै प्रभावितहरूले विरोध गरेका छन् ।
बिहीबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले विरोध गरेका हुन् । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले सर्वोच्च अदालतको फैसलाविरुद्धको मुद्दालाई अग्राधिकार दिएर छिटो खारेज गर्न माग गरेको छ ।
यो मुद्दालाई लामो समय अनिर्णयमा राखियो भने ठूलो भौतिक र आर्थिक क्षति हुने उनीहरुको चेतावनी छ । २०६५ को मापदण्डसमेत खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुका अनुसार अहिलेको फैसला कार्यान्वयन भए उपत्यकाका १९ खोलाबाट मात्र ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुनेछन् । सर्वोच्च अदालतले २०८० पुस ३ गते वागमती, विष्णुमतीलगायत मुख्य नदी तथा खोलाका दायाँबायाँ थप २०–२० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो ।
यसअघि २०६५ मा सरकारले वागमतीजस्ता नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर र अन्य खोलामा ४–१२ मिटरसम्म मापदण्ड तोकेको थियो ।