arrow

जेन-जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
ram-sahaya-pd-yadhav.jpg

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन-जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको दाबीसमेत गरे ।

उनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि सो आन्दोलनले प्रदान गरेको उल्लेख गरे ।

मुलुकमा परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउन सक्ने समेत स्पष्ट पारे ।

उनले सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालहरूको ध्यानाकर्षण गराए ।

उनले भने, ‘गत भदौमा जेन-जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ । यसले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ । लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ । त्यसैले थप परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ । निजी शिक्षालयले शैक्षिक गुणस्तरमा थप योगदान पुर्याउने विश्वास मैले लिएको छु । यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठयक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्दछ । शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवद्र्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनु पर्दछ । समावेशी शिक्षा, समुदायसँग सहकार्य  र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ ।’

उपराष्ट्रपति यादवले मुलुकले अनुसन्धान र नवप्रवर्द्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा हुने खालको शिक्षामा निजी क्षेत्रको शिक्षालयहरूको योगदानको अपेक्षा गरेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ