arrow

राजनीतिबाट अब 'ब्याक' नहुने कुलमानको घोषणा [भिडियो]

मन्त्री भएपछि राजनीतिक हिसाबले आफू 'इन्ट्रि' भएको स्पष्टोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
kulman-ghising-09-09.jpg

काठमाडौँ । उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताएका छन् । सय दिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शीतालाई कठोरतापूर्वक लागू गरिएको दाबी गरे ।

उनले सम्पत्ति विवरण सबै मन्त्रीले समयमै बुझाइसकेको समेत बताए। घिसिङकाअनुसार सबै मन्त्रीले साढे दुई महिनामै विवरण बुझाएकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो । 

मन्त्री घिसिङले भने, ‘हामीले कर्मचारीको हिसाबमा विगत ३० वर्षदेखि नियमित सम्पत्ति विवरण पेश गरेका हुन्छौँ । यो वर्षमा मन्त्रीमण्डलमा आएपछि साढे दुई महिनाभित्र क्याविनेटमा पेश गर्नुपर्ने नियमअनुसार सबै मन्त्रीले पेश गर्नुभएको छ । त्यसको सार्वजनिक गर्ने विषय प्रधानमन्त्री कार्यालयलले नै गर्ने हो । हामीले हरेक वर्ष सम्पत्ति विवरण पेश गर्ने गरेका छौँ । हामी परदर्शीता र सुशासनको विषयमा कटिबद्ध छौँ । मैले सबै ठाउँमा भनेको छु, सुशासनको विषयमा हामीले कठोतापूर्वक लागू गर्नुपर्छ । जेन-जी आन्दोलनबाट आएका छौँ, सुशासनको मामिलामा हामी तल माथि गर्न सक्दैनौँ । सुशासनको विषयमा कम्परमाइज कहीँ पनि कम्परमाइज गरेका छैनौँ । सबै निकायमा कुनै निकायमा समस्या आएको छ भने कारबाही गर्नुपर्ने अवस्था आएको छ र हामीले कारबाही पनि गरेका छौँ ।’ 

मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पारे । उनकाअनुसार आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैछ ।

घिसिङले भने, ‘म मन्त्रीका रुपमा आएपछि राजनीतिक हिसाबले म इन्ट्री भएकै हो । राजनीतिक क्षेत्रमा जुन हिसाबले मन्त्री हुँदादेखि नै मैले म राजनीतिमा आएँ भनेको छु । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेर अघि बढेको छु । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौँ । नोमिनेसनका लागि समय आउछ । उपयुक्त समयमा हामी आवश्यक निर्णय गछौँ । अब अहिलेको सरकार चुनाव गर्ने सरकार हो । चुनाव गर्ने कार्यभार भएकाले त्यो भन्दा अरु कार्यभार छैन । चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ । त्यसमा  मेरो भनाइ देशका लागि परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्व सही आउन आआफ्नो क्षेत्रबाट योगदान पुर्याउन पछि हट्न हुँदैन । सबै एक भएर अघि बढ्नुपर्नेमा एक छौँ ।’

मन्त्री घिसिङले परिवर्तनलाई संस्था गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताए। मन्त्री घिसिङले सय दिने उपलब्धिभित्र बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौँ ल्याउन भएको अवरोध हटाएको तातोपानी-कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको र मनसुनले क्षति पुर्याएको बीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको लगायत कामहरू समावेश गरेका छन् ।

घिसिङकाअनुसार सय दिनमा गरिएका कार्यहरूमा बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरिएको छ ।

यस्तै अपर अरुण जलविद्युत आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत निर्यात भएको उपलब्धी सूचीमा समावेश गरिएको छ ।

भौतिकतर्फ कोटेश्वरचोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । ४० रुग्ण ठेक्का तोडिएका छन् भने अन्य तोड्ने प्रक्रियामा छन् । बीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि उपलब्धिको सूचीमा  मन्त्री घिसिङले राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ