सुर्खेत । नेपाली कांग्रेस कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली कांग्रेस कालीकोटका उपसभापति मीनबहादुर बोगटीले बताए ।
मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको हो ।
कांग्रेस कालीकोटले गरेको उम्मेद्वार सिफारिसअनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डीएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदीलाई सिफारिस गरेको हो ।
यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ पूर्वपार्टी सभापतिद्वय कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपाने, महिला संघका केन्द्रीय सदस्य भावना शाही र छायाँ सुनार तथा भरत बिकलाई सिफारिस गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि बिष्णुबहादुर शाही र दानबहादुर वमलाई सर्वसम्मत सिफारिस गरिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।