arrow

महिला अधिकारमा मंगलादेवीको योगदान महत्त्वपूर्ण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
prakashman-sing-25-08.jpg

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपाली महिलाको हक, अधिकारको लागि उल्लेख्य योगदान गरेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित मंगलादेवि सिंहको १०० औं जन्म जयान्तीको अवसरमा श्रद्धा अर्पण कार्यक्रममा उनले सिंहले महिलाहरुको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउनका लागि पनि संघर्ष गरेको भन्दै त्यो कुरालाई पुनर्ताजकी गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरेको बताए ।

उनले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्रृ मंगलादेवि सिंहको सय वर्ष पुगेको अवसरमा वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गरेर उहाँको सम्झना र उहाँले गर्नुभएको क्रियाकलाप बारे र उहाँको योगदानको बारेमा विशेष गरेर नेपाली महिलाको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउनका लागि उहाँले संघर्ष गर्नुभएको कुरालाई पुनर्ताजकि गर्नको लागि विभिन्न कार्यक्रम आयोजना गरिएको र आज उहाँको जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।’

उनले राणाकालमा महिलालाई मताधिकार र पढ्न पाउने अधिकारको लागि पनि सिंहले आवाज उठाएको पनि बताए ।

उनले भने, ‘उहाँले महिलालाई पनि मताधिकार हुनुपर्छ भनेर पनि आवाज उठाएको कारणले गर्दा महिलाले पनि मतदान गर्न पाउने अधिकार पाएको हो र त्यसको साथै महिलाहरुले पनि पढ्न पाउनु पर्छ भन्ने कुरा पनि उहाँले नै उठाउनु भएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ