arrow

मंगलादेवीको योगदानले महिला अधिकार र शिक्षामा पहुँच सम्भव भयो: प्रकाशमान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
prakashman-sss.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहको २९औँ स्मृति दिवसको अवसरमा उनको योगदानको स्मरण गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मंगलादेवी सिंहले महिलालाई मताधिकार दिलाउन र शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

उपप्रधानमन्त्री सिंहले मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा उनको प्रतिमामा माल्यार्पण गर्दै २००४ सालमा नेपाल महिला संघको स्थापना गरेर उनले राणा शासनको समयमा पनि महिलाको हकहितका लागि संगठित रूपमा आवाज उठाएको स्मरण गराए। उनले महिला संघको आन्दोलनकै कारण महिलाहरूले पढ्न पाउने र पुरुषसरह मताधिकार प्राप्त गर्ने अवस्था बनेको बताए।

उनले पद्मकन्या स्कुलको स्थापना र नगर निर्वाचनमा महिलालाई मताधिकार दिलाउने जस्ता महत्त्वपूर्ण उपलब्धिमा मंगलादेवी सिंहको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे। सिंहले महिलालाई पैतृक सम्पत्तिमा समान हक, राज्यका नीति निर्माण तहमा उचित स्थान र आमाको नाममा नागरिकता पाउनुपर्ने जस्ता विषयमा पनि आवाज उठाएको र उनको योगदान आगामी पुस्तालाई पनि जानकारी गराउन आवश्यक रहेको बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ